Shittalpati
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।
आज मगर जातिको भूमे पर्व
आज मगर जातिको भूमे पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा...
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ । 
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ ।  लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । 
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता कालीगण्डकी नदीमा नुहाउने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । आज रामपुर नगरपालिका–८ भुजात स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा १४ वर्षिय पार्वती रामजाली डुबी बेपत्ता भएकी हुन् । 
बुधबारदेखि मनसुन भित्रियो
बुधबारदेखि मनसुन भित्रियो नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
आज विश्व रक्तदाता दिवस मनाइदैं आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
कारण देखाउ आदेश
कारण देखाउ आदेश सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालय अन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
Weather Update