Shittalpati
गुल्मीको निहुरो  बुटवलदेखि काठमाडौँसम्म

गुल्मी, जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमापाइन्छ ।वर्षातका समयमा लेक क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारकामानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमीभेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ ।

दुई दिनको समय लगानी गरेरराम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसागर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुँरो दोस्रो दिनबिहानै विक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् । गुल्मीको अर्जै, घमिर,अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारकोआयआर्जनमा राम्रै सहयोग पुर्‍याएको छ । जङ्गलबाट टिपेर ल्याएका चिजको गाउँमा खासैमहत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुँरो डोकोमा बोकेर बिक्री गर्नसदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमाएक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले जङ्गलबाट टिपेरल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्‍याउँछन् । एउटाडोकामा एक सय ५० मुठासम्म अटाउँ छन् । यसरी एउटा मुठाको मूल्य सदरमुकामतम्घाससम्म ल्याइपुर्‍याउँदा साना मुठाको ३० देखि ठूला मुठाको ५० सम्ममा बिक्री गर्नेगरेको गुल्मी धुर्कोट गाउँपालिका–५ कीे चन्द्रकली कुमाल बताउँन्छिन् ।

दिनभर जङ्गलमाजानुप¥यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जंगलमा जुका लागेर हैरान हुन्छ,जंगलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति’, उनले भनिन् । चन्द्रकलीमात्र होइन,उनिजस्तै जंगलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुुगेकी मीना रानाआफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजानेगरेको बताउँन्छिन् । उनले भनिन, ‘घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।’बर्खाको समयमा जंगलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्‍याउन त्यति सहजभने छैन । तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जंगलबाटटिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् ।

गुल्मीकोनिहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्मपुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेकातरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अर्गानिकनिहुँरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनी लगायत परिकारबनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुनेगरेको छ । निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले बर्खायाममा एक जनाले २०देखि ३० हजारसम्म आम्दानी गर्छन् । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानीपरेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । आजभोलि कोसेलीका रुपमासमेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update