‘नारी’ टेलिभिजन प्रसारणमा
बिहीबार, असार २१, २०८०

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बिहीबार, असार २१, २०८०
लुम्बिनी प्रदेशमा भएका छुुट्टाछुुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो ।

एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
बिहीबार, असार २१, २०८०
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड ९स्तरीकृत अङ्क० ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

एसइई परीक्षाफल प्रकाशित
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति
बिहीबार, असार २१, २०८०
विद्यार्थीहरुमा पढाईप्रति उत्साह जगाउन जिल्लाको रामपुर नगर सरकारले छात्रवृत्ति दिने गरेको छ । उसले मेयर छात्रवृत्ति कार्यक्रम मार्फत नगर भित्र अध्ययन गर्ने सबै तहका विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने गरेको हो ।

एसइईको नतिजा आज सार्वजनिक गरिँदै
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

पाल्पामा मानवअधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा, राज्यपक्षबाटै मानवअधिकारको गम्भीर हनन्
बुधबार, असार २०, २०८०
अनौपचारीक सेवा क्षेत्र इन्सेक पाल्पाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ को लागि अर्धवार्षिक पूूर्व समीक्षा गरेको छ । समीक्षामा जिल्लाको मानवअधिकारको अवस्थाबारे यहाँका राजनीतिक दल, पत्रकार, उपभोक्ता, विभिन्न अधिकारकर्मीहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुबिच अन्तक्र्रिया गरिएको छ ।
1688534064.jpg)
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह
बुधबार, असार २०, २०८०
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।

अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
बुधबार, असार २०, २०८०
अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असार १९, २०८०
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु
मंगलबार, असार १९, २०८०
अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।

गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
मंगलबार, असार १९, २०८०
पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् ।