‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे
शुक्रबार, असार १५, २०८०

भूमिहीनलाई लालपुर्जा वितरण
शुक्रबार, असार १५, २०८०
रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गरे ।

बोटेगाउँमा पुग्यो खानेपानी
शुक्रबार, असार १५, २०८०
जिल्लाको रामपुर नगरपालिका–३ स्थित बोटे गाउँमा खानेपानी पुगेको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको बोटे गाउँमा खानेपानीको धारा झरेसँगै सहज भएको छ । गण्डकीढीक बोटेगाउँ खानेपानी आयोजना मार्फत यहाँ खानेपानी पुगेको हो ।

आज पुष्पलाल जयन्ती
शुक्रबार, असार १५, २०८०
आज नेपाल कम्युनियट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्ती हो । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

असार पन्ध्र : धान दिवस र दहि चिउरा खाने दिन
शुक्रबार, असार १५, २०८०
मानो छरेर मुरी उब्जाउने महिना अर्थात् असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइदैंछ । रोपाई जात्रा, हिलो खेल्ने, दहीच्युरा खाने जस्ता नामले पनि असार १५ गतेलाई धुमधामका साथ मनाउने गरिन्छ ।

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम
शुक्रबार, असार १५, २०८०
स्याङ्जाका नौ वटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो ।

मन्दिरभित्रै यौनजन्य दुर्व्यवहार गर्ने भैरवस्थानका पुजारी निलम्बित
बिहीबार, असार १४, २०८०
पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा आएका महिला दर्शनार्थी माथि यौनजन्य दुर्व्यवहार गरेका कारण योगी निलम्बनमा परेका हुन् ।

अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
बिहीबार, असार १४, २०८०
प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ । अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान
बिहीबार, असार १४, २०८०
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेका छन् ।

प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना
बिहीबार, असार १४, २०८०
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए ।

रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
बिहीबार, असार १४, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।

आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
बिहीबार, असार १४, २०८०
आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
बुधबार, असार १३, २०८०
‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।