आज भानु जयन्ती मनाइँदै
शुक्रबार, असार २९, २०८०

पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला
बिहीबार, असार २८, २०८०
पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
बिहीबार, असार २८, २०८०
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
बिहीबार, असार २८, २०८०
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
1689226232.jpg)
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
बिहीबार, असार २८, २०८०
त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे ।

पाल्पा प्यारागनले गर्यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
मंगलबार, असार २६, २०८०
पाल्पा प्यारागन ईलिस बोर्डिङ्ग स्कुलले एसईई २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनाका सहित सम्मान गरेको हो ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।

सर्पको डसाइबाट चार जनाको निधन
मंगलबार, असार २६, २०८०
कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

जेसिबीको ठक्करबाट बालकको मृत्यु
मंगलबार, असार २६, २०८०
बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
मंगलबार, असार २६, २०८०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।

आज विश्व जनसंख्या दिवस मनाइदैं
मंगलबार, असार २६, २०८०
आज विश्व जनसंख्या दिवस मनाइदैं छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो
सोमबार, असार २५, २०८०
पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका...