कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
सोमबार, कात्तिक ५, २०८१
सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
आइतबार, कात्तिक ४, २०८१
गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा सोमबार शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
शनिबार, कात्तिक ३, २०८१
वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।
प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
शनिबार, कात्तिक ३, २०८१
लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शनिबार, कात्तिक ३, २०८१
बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो
शनिबार, कात्तिक ३, २०८१
बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो ।
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
बिहीबार, कात्तिक १, २०८१
बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ ।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
आज पूर्णिमा व्रत : बडादसैँ समापन
बिहीबार, कात्तिक १, २०८१
आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने
बुधबार, असोज ३०, २०८१
तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
बुधबार, असोज ३०, २०८१
जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
भीरमा फालेर छ वर्षीय छोराको हत्या
बुधबार, असोज ३०, २०८१
ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।
बढ्दै देशभर चिसो
बुधबार, असोज ३०, २०८१
नेपालमा मनसुन बाहिरिएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । मनसुन बाहिरिएसँगै अहिले देशभर चिसो बढ्दै गएको छ । ‘पोस्ट’ मनसुन चलिरहेकाले क्रमशः चिसो महसुस गर्न थालिएको हो । मौसमविद्हरुले समेत मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको बताएका छन् । यही...


