गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
सोमबार, असोज ८, २०८०

विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी
सोमबार, असोज ८, २०८०
अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ तर, प्राक्टिकल (व्यवहारिक) अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ ।

तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी
सोमबार, असोज ८, २०८०
जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।

तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन
आइतबार, असोज ७, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ । आइतबार कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा कन्भेन्सन आयोजना गरिएको हो ।

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर
आइतबार, असोज ७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
आइतबार, असोज ७, २०८०
पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
आइतबार, असोज ७, २०८०
तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो ।

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
शनिबार, असोज ६, २०८०
बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।

शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
असोज ३ गतेदेखि सडकमा उत्रिएका शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शुक्रबार सरकार र आन्दोलन शिक्षकबीच सहमति भएपछि शनिबारदेखि आन्दोलन फिर्ता हुने भएको हो ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
शुक्रबार, असोज ५, २०८०
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
बिहीबार, असोज ४, २०८०
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ ।

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
बिहीबार, असोज ४, २०८०
बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

गुल्मीमा करिब चार सय किशोरी आमा
बिहीबार, असोज ४, २०८०
गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।