Shittalpati
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
भ्रष्टाचार अभियोगमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल सम्वत्को  ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण
नेपाल सम्वत्को  ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
सद्भाव र रंगको पर्व होली : आज र भोलि
सद्भाव र रंगको पर्व होली : आज र भोलि देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
बाली जोगाउन किसानलाई भोटे कुकुर पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।   पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार  लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै विश्व पानी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम पछिल्लो समय हिंसा, बलात्कार जस्ता अपराधिक गतिविधीहरु बढीरहेका बेला जिल्लाको तानसेनमा रहेको मोहन कन्या माविमा अध्ययनरत कन्या विद्यार्थीहरुलाई भने आत्मरक्षा तालिम दिइएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र मोहन कन्या माविको समन्वयमा यहाँ अध्ययनरत ३४ जना छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।
Weather Update