क्रिसमस पर्वको बढ्दो आकर्षण
सोमबार, पुस ९, २०८०

विषादी प्रयोगमा सावधानी अपनाऔं
आइतबार, पुस ८, २०८०
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको हो । विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ ।

समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
शनिबार, पुस ७, २०८०
लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।

लोकको तन्त्र, लोकैको हातमा
शुक्रबार, पुस ६, २०८०
समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् ।

आर्थिक सम्वृद्धि खोजौं
बिहीबार, पुस ५, २०८०
नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।

प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
बुधबार, पुस ४, २०८०
भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...

आप्रवासन श्रमिकका सरोकार
सोमबार, पुस २, २०८०
आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ ।

राष्ट्रिय झण्डाको अपमान नगरौं
आइतबार, पुस १, २०८०
राष्ट्रिय झण्डा एकताको प्रतीक हो । झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो,तर पछिल्लो समय यसको व्यापक अपमान हुने गरेको छ । जानेर वा नजानेरै मानिसले झण्डाको चरम अपमान गर्ने गरेका छन् ।

रेमिट्यान्स बढ्दैमा खुसी न हौं
शनिबार, मंसिर ३०, २०८०
रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ ।

चिसोबाट मर्न नदेऊ
शुक्रबार, मंसिर २९, २०८०
दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढेसँगै नेपालीहरुले ज्यान गुमाउनु परेका समाचारहरु समेत आउन थालेका छन् । अझ भूकम्पबाट ज्यान बचाउन सफल भएका कतिपय नागरिकहरुले चिसोबाट ज्यान गुमाउनु परेको घटना भने अत्यन्त दुखद् हो ।