Shittalpati
विकासको आवश्यकता
विकासको आवश्यकता मुलुकमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर भएपनि यातायातको पहुँचको अभावले पर्याप्त मात्रामा पर्यटकहरु गन्तव्यमा पुर्‍याउन नसक्दा पर्यटकीय स्थलहरु ओझेलमा परेको अवस्था छ । औषधोपचार र बजार व्यवस्थापनको लागि सडक सञ्जाल पहिलो आवश्यकता हो । आजको २१ औं शताब्दीमा पनि हाम्रो मुलुकका सबै जिल्लामा यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन ।...
महँगी नियन्त्रणमा ध्यान देऊ
महँगी नियन्त्रणमा ध्यान देऊ कोरोना महामारीकै बीचमा यतिबेला दैनिक उपभोग्य वस्तुहरुको भाउ ह्वात्तै बढेको छ । बजारमा अत्यावश्यक वस्तुको भाउ महँगिएपछि आमउपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले उपभोग्य वस्तुको भाउमा वृद्धि गरेका छन् । यसको मारमा सर्वसाधरण उपभोक्ता परेका छन् ।
सबै प्रकारका भेदभाव अन्त्य गरौं
सबै प्रकारका भेदभाव अन्त्य गरौं नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो ।
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई...
के गर्ला काँग्रेस ?
के गर्ला काँग्रेस ? प्रतिनिधिसभाको पुनःस्थापनासँगै देशमा सत्ता समिकरणको चलखेल सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार फैसला भएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राष्ट्रपतिले बोलाउनु पर्नेछ । नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय भने नयाँ सरकार गठनका निम्ति सत्ता समिकरणका गृहकार्यमा लागेका छन् । उनीहरुले कहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने...
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ ...
सर्वोच्चको फैसला स्वागतयोग्य
सर्वोच्चको फैसला स्वागतयोग्य सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । अदालतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको र संवैधानिक आधारबिना प्रधानमन्त्रीले निर्णय गरेको फैसला गरेको हो । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन, अत्यन्तै स्वागतयोग्य रहेको छ ।
खोप लगाऊ, सुरक्षित बनौं
खोप लगाऊ, सुरक्षित बनौं नेपालमा कोरोना विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख खोप महामारीको अग्रभागमा रहेर काम गर्नेहरुलाई लगाईएको छ । यो अनुदानको खोपले सबै नागरिकलाई पुग्ने अवस्था पनि छैन ।
निर्वाचन आयोगको असक्षमता
निर्वाचन आयोगको असक्षमता सरकारले तोकेको निर्वाचनको मिति नजिकिदै छ । अब करिव ६८ दिनमात्र बाँकी छ । यो समयमा निर्वाचन आयोगले अझै पनि तयारीलाई तिव्र बनाउन सकेको छैन । दल दर्ताको कार्यतालिका अझै पनि तय हुन सकेको छैन । दल दर्ता, उम्मेद्वारको मनोनयन, प्रचार–प्रसार, मतपत्र छपाई तथा निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा...
खोप खरिदमा पारदर्शिता अपनाऊ
खोप खरिदमा पारदर्शिता अपनाऊ नेपालमा भारतबाट प्राप्त भएको अनुदान स्वरुपको खोप लगाइदै आइएको छ । नेपाल सरकारले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिहेको छ । भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो । यो खोप कोभिडका बेला अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुलाई मात्र भएको छ । अन्य नागरिकलाई भने सरकारले खोप खरिद गर्ने...
प्रहरीको प्रशंसनीय काम
प्रहरीको प्रशंसनीय काम नेपालका पछिल्ला केही घटना क्रमहरुबाट प्रहरी संगठनले आलोचना खेपिरहेका बेला बैतडी घटनाको अनुसन्धानबाट भने प्रशंसा कमाएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले देखाएको सक्रियताकै कारण अपराधी पक्राउ हुन सफल भएको छ ।
Weather Update