रेडक्रस पाल्पाद्वारा स्वास्थ्य सामग्री वितरण
पाल्पा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सामग्री वितरण गरेको छ । रेडक्रसले तानसेन नगरपालिका अन्तर्गत सञ्चालन भएका १० वटा एम्बुलेन्स चालक, नगरपालिका भित्र परिचालीत ११ जना ट्राफिक प्रहरी र खानेपानी कार्यालय अन्र्तगत नियमित परिचालित ८ जना लायन्सम्यानहरुलाई सेनीटाइजर, सर्जिकल माक्स र ग्लोवस् वितरण गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहनका लागि सन्देश स्वरुप स्वास्थ्य सामग्री प्रदान गरिएको शाखाका सभापति बुद्धिप्रसाद शर्माले बताए । उनले भने‘दिएको सामग्री प्रयाप्त होईन मायाँ र सम्झना मात्र बाडेको हो ।’
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्