गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरस कोभिड १९ वाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत प्रदान गरि उद्दार गर्ने उद्देश्यले राहत कोष तयार गरेको छ ।
नगरकार्यपालिका तथा सरोकारवाला सहितको बैठकले राहत वितरण सम्बन्धी मापदण्ड समेत तय गरेको छ। सोहि अनुरुप मुसिकोट नगरपालिकाले राहत सम्बन्धि मापदण्ड तय गर्दै मुसिकोट राजपत्रसमेत प्रकाशन गरेको छ । यसैविच राहत वितरणको लागी नगरपालिकाले नगरपालिका भित्र १० लाखको कोष समेत तयार गरेको छ। सो कोषमा नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले १ महिना वरावरको तलव भत्ता, कार्यपालिका सदस्य, वडा सदस्यहरुले १५ दिन वरावरको तलव भत्ता, अधिकृत स्तर कर्मचारीले ५ दिनको, सहायक स्तर कर्मचारीले ३ दिन वरावरको र शिक्षकहरुले २ दिन वरावरको तलव जम्मा गर्ने नगरपालिकाका सुचना अधिकृत समुन्द्र रायमाझलीे जानकारी दिएका छन् ।
यस्तै नगरपालिकाले राहत कोष स्थापना गरेको भन्दै मुसिकोट नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक तम्घास गुल्मीमा रहेको दैवि प्रकोप कोष खाता नं. ३०१०००८५९६०१ मा स्वच्छिक सहयोगका लागि समेत हार्दिक अनुरोध गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दैनगरपालिका भित्र जन्मिएर पेशा व्यावसायको शिलशिलामा देश तथा विदेशका विभिन्न ठाउँमा रहने महानुभाव तथा संघ संस्था, राजनैतिक दल, उद्योगी, व्यापारी, कर्मचारी, शिक्षक, वुद्धिजिवि समाजसेवी सवैलाई रकम सहयो गरिदिन आग्रह गरेको छ । यसै विच नगरपालिकाले नगरभित्रका विभिन्न स्थानवाट राहत वितरण समेत सुरु गरेको छ ।