Shittalpati
मत बदर नहोस्

यस अघि भएका अधिकांश निर्वाचनमा मत बदर हुुँदै आएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि ठूलो परिमाणमा मत बदर भयो । मतपत्र बदर हुनु आफैमा गम्भीर सबाल हो । लोकतन्त्रमा सार्वभौम जनताको अधिकारको प्रयोग हुने अभ्यास नै बदर हुनु सामान्य विषय होइन । जनताले चाहेका प्रतिनिधि चुनिऊन् भन्ने उद्देश्य निर्वाचनको रहेको हुन्छ । जनताले पनि आफूले चाहेकै उम्मेदवार जितोस् भनेर भोट हाल्छन् । तर भोट हालें भनेर मात्रै उम्मेदवारले पाउँदैनन् । सही तरिकाले चाहेको चिह्नमा छाप लगाइएन भने वा अरु त्रुटि भयो भने त्यो मत खेर जान्छ । गणनै हुँदैन । मत बदर हुन्छ । मतदाताको निरक्षरताका कारण मात्रै त्यस्तो हुँदैन, मतदान प्रक्रियामा आफ्नै ‘मतदान साक्षर’ नभई मत जोगिन्न त्यसैले त निर्वाचन आयोगले निर्वाचन शिक्षा अभियानै चलाउँछ । तैपनि हरेक चुनावमा मत बदर हुन छाडेको छैन । यसपटकको प्रतिनिधिसभा÷प्रदेशसभा सदस्यको निर्वाचनमा पनि मत बदर हुन सक्ने संभावना प्रवल छ । प्रतिनिधि सभा÷प्रदेश सभाका छुुट्टाछुुट्टै मत पत्र हुुुने भएकाले पनि धेरै मतदाताहरु झुुक्किन सक्ने छन् । तर यस पटक निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखेकाले केही हदसम्म भने सहज हुने देखिन्छ ।

मत बदर हुनुको प्रमुख कारण मतदाता शिक्षा प्रभावकारी नहुुनु नै हो । यसपटक स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा नै दिइएको थिएन् । जसका कारण मत धेरै नै बदर हुन पुुग्यो । अहिले पनि निर्वाचन आयोग र सरकार मतदाता शिक्षा प्रति त्यत्ति संवेदनशिल देखिदैनन् । यो विषयमा दल पनि गम्भीर छैनन् । जसलाई मतदाताले भोट दिएको हो उसको मत बदर नभइदिएको भए हारेकाले जित्ने र जित्नेले हार्ने हुने थुप्रै उदाहरणका भुक्तभोगी दलका नेताहरू आफै छन् । तैपनि उनीहरू यस विषयमा गम्भीर छैनन् । नागरिकलाई मतदानको विषयमा प्राप्त ज्ञान र जानकारी नहुँदा मत बदर हुुने गरेको छ । यसर्थ विगतमा जस्तो मंसिर ४ मा मत बदर नहोस् । जनताले चाहेको उम्मेदवारलाई भोट खसाल्न पाउनको लागि यसतर्फ सबैको ध्यान जाओस् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update