Shittalpati
दलित पत्रकार संघ पाल्पाको अध्यक्षमा मिलन

पाल्पा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको अध्यक्षमा मिलन विश्वकर्मा चयन भएका छन् । शुक्रबार तानसेनमा भएको प्रथम जिल्ला भेलाले विश्वकर्मलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

विश्वकर्मा थाहा सञ्चार नेटवर्क र थाहाखबरका पाल्पा जिल्ला संवददाता हुन् । उनले पाल्पामा रहेर विगत १३ वर्षदेखि पत्रकारित गर्दै आएका छन् । संघको उपाध्यक्षमा डोलबहादुर विक, सचिवमा विजय बौडेल, सह–सचिवमा संगिता दर्नाल, कोषाध्यक्षमा सन्तोष गहतराज चयन भएका छन् । यस्तै सदस्यहरुमा सुवास विसी, सुकुम नेपाली, सरिता विक, सञ्जु परियार चयन भएको संघका सल्लाहकार किरण कौशलले जानकारी दिए । भेलामा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले समाजमा विद्यमान अवस्थामा रहेको जातीय विभेद अन्त्यको लागि जोडदार कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले संघ दलित समुदायको हक अधिकारको लागि साझा मञ्च भएको बताए ।

jदलित समुदायका पत्रकारको संख्या न्यून हुनु र टिकाउन चुनौती रहेकाले राज्यको ध्यान यसतर्फ जानुपर्नेमा उनले जोड दिए । नेपाल पत्रकार महासंघका जिल्ला सभापति राजेशकुमार अर्यालले सामाजिक संरचना अनुसार दलित समुदायका पत्रकारलाई अझै पनि काम गर्न कठिन हुने गरेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रेस संगठन नेपालका जिल्ला संयोजक राजेन्द्र लिगल, दलित अगुवा राजेन्द्र विश्वकर्मा, ठाकुरप्रसाद लोहागुन, तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दीपक विश्वकर्मा, दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णु बोमरेल, पूर्व अध्यक्ष तीर्थप्रसाद गौतम लगायतले समाजमा रहेको विकृति अन्त्यका लागि सशक्त ढ·ले कलम चलाउन नयाँ नेतृत्वलाई आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update