Shittalpati
विपद्को बेला एनसेलको साथ

काठमाडौं (एजेन्सी । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले विभिन्न बोनस सहितको योजना ल्याएको छ ।

स्वास्थ्य संकटले विश्वलाई नै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवा मार्फत विपद्मा परेका आफ्ना ग्राहकवर्गका लागि कम्पनीले विभिन्न योजनाहरु सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती खडा भएको अवस्थामा एनसेलले आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन ग्राहकहरु सञ्चार सेवामा विभिन्न बोनहरु ल्याएको जनाएको छ । विपद्को बेलामा एक अर्कासँग सम्पर्कमा रहिरहन सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको हो ।

ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाईलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोवाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्ने छन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पु¥याइएको छ । प्रिपेड ग्राहकले १० देखि ५ सयसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने छन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्ने छन् । एस्ट्रिक्स १७१२२ एस्ट्रिक्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रिक्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्ने छन् ।

त्यस्तै एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवाप्रयोग गरेको व्यवहारको आधारमा न्युनतम ४० देखि अधिकतम २ सयसम्म सापटी लिन सक्ने छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्ने छन् । त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्रकल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने छन् । जस्तै यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्ने छन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्ने छन् । बोनस रकम सोहि दिनको मध्य रातीसम्म मान्य हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update