दुर्गाप्रसाद अर्याल
विगत केहि समय अगाडिदेखि सार्कराष्ट्र श्रीलंकाको अर्थव्यवस्थामा समस्या उत्पन्न हुँदै हाल आएर देशको अर्थव्यवस्था धरासायी मात्र नभई टाट् नै पल्टेको अवस्थामा पुगेको छ । यहि कारण श्रीलंकामा विभिन्न किसिमका आर्थिक, सामाजिक तथाराजनीतिक घटनाहरु घटी जनताको दैनिक जीवन असहजर संकटपूर्ण अवस्थामा पुगेको छ । यही बाह्य कारणले गर्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा उथल पुथल भईरहेको छ भने सामान्य मूल्यस्तरमा पनि भारी वृद्धि भइरहेको कारण सर्वसाधारण जनताले कतै नेपालको स्थिति पनि श्रीलंकाको जस्तो त हुने होइन भन्ने विभिन्न आशंका गरिरहेका छन् । दुई देश बिचको अर्थव्यवस्थालाई तुलना गरेर छलफल गर्ने गरेको पाईन्छ । यी नै विविध विषय वस्तुलाई उठाउँदै यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
श्रीलंका हाम्रो नजिकको सार्क सदस्यराष्ट्र भएका कारण यस देश प्रतिको चासो बढी हुनु स्वभाविक पनि हो । यहि कारण होला अधिकाश नेपालीले नेपालको अर्थव्यवस्थालाई श्रीलंकासित तुलना गरेको पाईन्छ । देशको आर्थिक नीति बनाउँदा देशको वास्तविक स्थितिको मूल्याकंन नगरिकन बनाउने भएकाले श्रीलंका लगायत त्यस्तै विशेषता बोकेका विकासोन्मूख देशहरुको अर्थव्यवस्थामा संकट उत्पन्न हुने गरेको पाईन्छ । कुनै देश जनतन नियन्त्रणमारहेका छन् भने श्रीलंका नियन्त्रण बाहिर गएको देखिन्छ ।राज्य सञ्चालनका क्रममा अनावश्यक वैदेशीक ऋण लिनुर बढ्दो वैदेशीक ऋणको साँवा व्याज भुक्तानीका क्रममा वैदेशिक सञ्चीतीको चरम अभावको कारण श्रीलंकाको अर्थव्यवस्थामा समस्या देखिएको हो । श्रीलंकाकाराष्ट्रपतिले जब प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि समस्या कम हैन झनै बढी भएको देखिन्छ ।
श्रीलंकाको अर्थव्यवस्थामा समस्या देखिनुको केहि कारणहरुमा सस्त्तो लोकप्रियताका लागि करका दरहरु विना अध्ययन घटाउनु, देशको वास्तविक धरातललाई नै नबुझि चर्को साँवा व्याज भुक्तान गर्ने गरी वैदेशिक ऋण लिनुर उक्त ऋण अनुत्पादक क्षेत्रमा लगानी गर्नु, वैदेशीक मुद्राको सञ्चिती वैदेशिक ऋणको साँवा व्याज भुक्तानीमा सकिनु आयात गर्नु पर्ने वस्तु तथा सेवा वैदेशीक मुद्राको सञ्चितीको अभावमा आयात गर्न नसक्नु जसको कारण अत्यावश्यक सेवा उपभोगबाट जनताहरु बञ्चित हुनु । वास्ताविकता भन्दा माथी उठेर आर्थिक नीति बनाउनु । अर्गानिक खेती गर्ने विश्वकै पहिलो देश बन्ने उद्देश्यले विना अध्ययन तथा तयारी योजना सुरुवात गर्दा यसले झनै समस्या थपी दिएको थियो । यसका लागिरासायनिक मल लगायतका उत्पादन वृद्धि गर्ने वस्तुको आयातमा पूर्णरोक लगाउँदा उत्पादन अत्याधिक मात्रामा घटी वास्तविक किसानको दैनिकीमा झनै समस्या आयो भने खाद्यान्नको आयात पनि बढाउनु पर्ने देखियो । देशको मुद्रालाई अबमूल्यन गरी अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण प्राप्त गर्ने उद्देश्यराखेको थियो । तर मूल्यस्तरमा वृद्धि आई यसले सर्वसाधरणको दैनिकीमा झनै संकट उत्पन्न भएको थियो । अर्थव्यवस्थामा आएको अस्वभाविक परिवर्तनका कारण वस्तु तथा सेवाको मूल्यमा अत्याधिक वृद्धि भई जनताले उपभोग्य वस्तु खरीद गर्न नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । वैदेशिक मुद्राको अभावमा अत्यावश्यक वस्तुको आयात गर्न नसकिने अवस्था उत्पन्न भयो । पेट्रोलिय पदार्थको चरम अभाव देखियो । वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गर्नु प¥यो । सामान्य मानिसहरुको भान्सामा आगो बल्न पनि नसक्ने अवस्था उत्पन्न हुन गयो । श्रीलंकाको अर्थव्यवस्थामा आएको खराबीले नेपालको अर्थव्यवस्था माथि पनि विभिन्न किसिमका प्रश्न चिन्ह उठीरहेको छ । उठ्नु पनि स्वभाविक नै हो । हामीले पनि हाम्रो आर्थिक प्रणालीलाई नियम सम्वत नभएर हचुवाका भरमा सञ्चालन गरिरहेका छौ । करका दर बढाउने घटाउने कुरा अध्ययनर विश्लेषणबाट हैन शक्तिर आदेशका आधारमा गरिरहेका छौं । घाटा बजेटको अनुपात फराकिलो बनाएका छौ ।ंबजेटमा अनुदानर ऋणको अशं धेरै बनाएका छौ । वैदेशिक ऋण अत्याधिक रुपमा भित्राइरहेका छौ तर अनुत्पादक क्षेत्रमा खर्च गरिरहेका छौ । सस्तो लोकप्रीयताका लागि अर्थव्यवस्थामा आघात पु¥याउने खालका कार्यक्रमहरु बजेटमा समावेश गरिरहेका छौ । संघीयताको भारीले नेपालको अर्थव्यवस्थामा झनै समस्या थपिदिएको छ । श्रीलंकालाई जस्तै कोभिड – १९ ले नेपालको अर्थतन्त्रमा पनि असर पुर्याएको छ । यसको असर हालसम्म पनि नेपालको अर्थतन्त्रमा देखिरहेको छ तर सार्वजनिक खर्चको अशंमा भने दिनप्रति दिन वृद्धि भइरहेको छ । देशको वैदेशिक मुद्राको सञ्चितीको अवस्था पनि कमी आएको छ । इन्धनको मूल्यमा आएको अस्वाभाविक परिवर्तनले यसको खरीद तथा सहज व्यवस्थापनमा समस्या उत्पन्न गराएको छ ।
मुद्रास्फीति, आयात निर्यातको अवस्था,शोधान्तरको स्थिति, तरलताको अवस्था मौद्रीक स्थिति, बैंक तथा वित्तीय संस्थाको व्याजदर, रोजगारीको अवस्था, कुल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, आर्थिक वृद्धि दरलाई लक्ष्य अनुसार परिवर्तन गर्न सकिएको छैन । यी उल्लेखीत सुचकहरु सन्तोषजनक अवस्थामारहेको देखिदैन यस कारण पनि अर्थतन्त्र माथि प्रश्न उठ्नु स्वाभाविक रुपमारहेको मान्न सकिन्छ । मागेर ऋणर अनुदानमा अर्थतन्त्र सञ्चालन गर्ने उद्देश्यराखेका हामीलाई तत्कालका लागि खासै असर नदेखिएता पनि यसले दीर्घकालमा भने गम्भीर असर देखिने भएकाले आजबाट बुद्धिमता तरिकाले अर्थतन्त्र सञ्चालन गर्नु आजको आवशयकता हो । यसका साथै अनावश्यक सरकारी खर्चमा कटौती गरी मितव्ययीता अपनाउनु, आवश्यकताका आधारमार उत्पादकमूलक क्षेत्रमा लगानी गर्ने गरी वैदेशिक ऋण तथा अनुदान स्विकार गर्नु पर्ने देखिन्छ । स्वदेशी उत्पादन तथा स्रोत साधनको परिचालनमा जोड दिइ आयातमा कमी गर्नुपर्ने देखिन्छ ।
अर्थतन्त्रको यर्थाथ तथ्याकं प्रस्तुत गर्दा सरकार नै असफल भएको महशुस गरी यर्थाथ तथ्याकंलाई ढाक छोप गरी फरक तथ्याक प्रस्तुत गर्ने, राज्यका आधिकारीक निकायबाट नै फरक–फरक तथ्यांक प्रस्तुत गर्ने, अवस्थाको अन्त्य अब हुनु पर्दछ । श्रीलंकाको अर्थतन्त्रको अवस्था देखेर त्रसित हुने हैन ,यसबाट पाठ सिकी नेपालको अर्थतन्त्रको सुचकहरुमा सुधारका आवश्यक कदम आजबाटै नै सञ्चालन गर्नु पर्ने देखिन्छ । हचुवार सस्तोराजनीतिक लोकप्रियताका लागि आर्थिक नीति ,करका दरमा हेरफेर, वैदेशिक ऋण र अनुदानको अशं अत्याधिक भएको बजेट निमार्ण गर्ने प्रवृत्तिको अन्त्य अब हुनुपर्दछ । साशन व्यवस्था सञ्चालनमा परिवारवाद,आफ्नो मान्छे र राजनीतिक दल विशेषलाई प्राथमिकता दिने प्रवृत्तिको अन्त्य गरिनु पर्छ । यसका लागि सरकार,अर्थमन्त्रालय, राष्ट्र बैंक लगायत सम्वद्ध सबै निकाय आजैदेखि आ–आफनो ठाउँबाट लागि जनतामा उठेको आशंका तथा प्रश्नको उत्तर दिदै अर्थतन्त्रलाई सवल सक्षमराख्ने प्रयास गर्ने की ?(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)