पाल्पा । जिल्लाको बगनासकालीले २० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले ल्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले वडा नंं १ को ग्राम्य मावि र वडा नंं ९ को चन्द्र माविमा क्वारेन्टाइन सेवा शुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार ग्राम्य माविमा १० र चन्द्र माविमा १० वेड सहितको क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला भन्दा बाहिर र विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएमा उनीहरुलाई छुट्टै राख्नका लागि बुधबारदेखि क्वारेन्टाइनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बस्यालले जानकारी बताए ।
गाउँपालिकाले कोरोना भाईरस संक्रमणको आशंका लागेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । उनले तत्कालका लागि २० वेडको व्यवस्था गरिएको र पछि आवश्यक परेमा थप वेडको व्यवस्था गर्ने जानकारी दिए । क्वारेन्टाइन निर्माणका लागि गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, स्वास्थ्य संयोजक मणीराम अधिकारी, वडा अध्यक्ष, शिक्षक, सुरक्षाकर्मी, कर्मचारी लगायतको सक्रियता रहेको थियो । गाउँपालिकाले भारत तथा तेस्रो मूलुकबाट आई गाउँपालिका भित्रिएकाहरुलाई वडा कार्यालय मार्फत पहिचान गरी २ हप्तासम्म स्वयं होम क्वारेण्टाईनमा बस्न आग्रह गरेको छ ।