Shittalpati
तानसेनका एक व्यापारीद्वारा मजदुरलाई खाद्यान्न वितरण गर्दै

कृष्ण पोखरेल
पाल्पा । सरकारको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले लकडाउन संगै निषेधाज्ञा जारी गरेपछि दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई तानसेनका एक व्यापारीले राहत वितरण गर्दै आएका छन् ।

तानसेन बजारमा दैनिक ज्याला मजदुरी गर्ने दैनिक १५ जना मजदुरहरुलाई तानसेन नगरपालिका ४ मोवाईल घरका प्रोपाईटर धर्मेन्द्र गुप्ताले बुधबार (आज) राहत वितरण गरेका हुन् । लकडाउनको अवधिभर दैनिक १५ जना ज्याला मजदुरी गर्ने व्यक्तिलाई सहयोग गर्ने गुप्ताले बताए । म पुरै सहयोग गर्न तयारी अवस्थामा बसेको छु तर मजदुरहरु सम्पर्कमा नआएकाले वितरणका लागि आ–आफ्नो टोल छिमेकमा रहेका मजदुरहरुलाई सूचना पु¥याउन गुप्ताले आफनो सम्पर्क नंं ९८५७०६०२२३ समेत दिएका छन् । ज्यालादारी तथा मजदुरी सम्पर्कमा नआएकाले सहयोग सामाग्री वितरण गर्न नपाएको उनले बताए । वितरण गर्ने सामग्री पूर्ण सुरक्षित र गुणस्तरीय रहेको गुप्ताले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update