Shittalpati
आफुसँग भएको सामान गोदाममा राखेर महंगो मूल्यमा सामान नबेच्न उद्योगी व्यवसायीलाई आग्रह

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस संक्रमणका कारण उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रमा गम्भीर असर परेकाले बैंक ब्याज छुट दिन सरकारसँग माग गरेको छ ।

कोरोनाका कारण विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको असर स्थानीय व्यवसायमा देखिन थालेकाले व्याज मिनाह गरिदिन सरकारसँग संघले माग गरेको हो । स्थानीय उद्योगी व्यवसायी आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको ब्याज बुझाउने अवस्थासमेत नरहेको भन्दै बैंक व्याज, अग्रिम आयकर, घरभाडा छुट गरिदिन संघका अध्यक्ष राजु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारसँग माग गरिएको छ ।

साथै संघले जिल्लाका उद्योगी व्यवसायीलाई उपभोक्ताको हितलाई मध्यनजर गर्दै आफ्ना सेवा र सुविधाहरु सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । व्यापारको नाममा आफुसँग भएको माल सामान गोदाममा राखी मंहगो मूल्यमा विक्री वितरण नगर्न नगराउन समेत संघले उद्योगी व्यापारीलाई आग्रह गरेको छ । यदि कोही कसैले त्यसो गरेको पाईएमा प्रचलित ऐन अनुसार कानुनी कारवाही हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update