अनिल खत्री
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा झण्डै ६ अर्ब लागतमा विकास कामहरु भएका छन् । क्षेत्र नं १ का सांसद प्रदिपकुमार ज्ञावाली परराष्ट्रमन्त्री बनेको २ वर्ष पूरा भएको छ । यो अबधीमा जिल्लाको बिकासमा महत्पूर्ण फडको मारेका छ ।
मन्त्री ज्ञवालीले २ वर्षमा २५ पटक भन्दा वढी जिल्ला तथा निर्वाचन क्षेत्र भम्रण गरेका छन् । मन्त्री ज्ञवालीको पहलमा बिभिन्न क्षेत्रमा बजेटको व्यवस्था भए लगत्तै क्षेत्र नम्बर १ र सुमग्र गुल्मीको लागि राष्ट्रिय गौरबका योजनाहरु समाबेस भएका हुन् । मन्त्री ज्ञवालीको पहलमा ५ अरब ६८ करोड ८८ लाखका लागतमा बिभिन्न क्षेत्रमा खर्चिने गरि बिकासका योजनाहरु आएका छन् । जिल्लाको समग्र विकासको लागि कालिगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, रेसुङा बिमानस्थल, रिडि नदि व्ववस्थापन (ड्याम निर्माण ) तथा ठुला खानेपानी आयोजना लगायत अरू थुप्रै योजनाको लागि संघिय सरकारको माध्यमवाट बजेटको व्यवस्था गरिएको हो । मन्त्रीज्ञवालीले जिल्लाको गौरबको रुपमा रहेको कालीगण्डकी करिडोर रिडी(रुद्रबेणी(हर्मीचौर खण्ड २१ कि.मी. कालोपत्रे गर्नको लागि १ अरब ८ करोड ८६ लाखको बजेट ल्याएका छन् ।
त्यस्तै चोरकाटे(शान्तिपुर कालोपत्रे गर्न ३३ करोड ७६ लाख, तम्घास(नेटा कालोपत्रे ७ करोड बजेटमा काम भइरहेका छ । थप बजेट अन्र्तगत खर्ज्याङ्ग-गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट-झिरबार-मजुवा मोटरबाटो, रिडी–खर्ज्याङ्ग मोटरबाटो, पुर्तिघाट-फोक्सिङ्ग-ग्वाघा-शान्तिपुर मोटरबाटो, भेडुवा-हुँगा-सिस्ने-चोरकाटे मोटरबाटो कालोपत्रे तथा स्तरोन्नती गर्न १० करोड बजेट परेको हो ।
विभिन्न सडक आयोजना (बर्तुङ्ग-तानसेन रिडी-वामिटक्सार-खरबाङ्ग सडक, बर्तुङ्ग-रिडी-तम्घास सडक, रिडी तानसेन सडक स्तरोन्नती, रिडी-रुद्रवेणी-वामीटक्सार-दरमखोला-काँडेबास-गलकोट बागलुङ्ग सडक, गुल्मी-छत्रकोट गा.प. हुँगा-चोरकाटे-सत्यवती ७ सडक, पुर्तिघाट-फोक्सिङ्ग-ग्वागा-शान्तिपुर सडक, रिडी-बलकोट-दाङ्ग-सुर्खेत सडक, खर्ज्याङ्ग-गुल्मीदरवार घुम्ती मोटरबाटो, गौडाकोट-झिरबार-मजुवा मोटरबाटो, रिडी –खर्ज्याङ्ग मोटरबाटो, रिडी-बलकोट-हंसपुर-प्युठान-सुर्खेत सडक, बर्तुङ्ग-रिडी-तम्घास सडक) २७ करोड ५० लाखमा काम भइरहेको छ । रिडी-कालीगण्डकी पर्यटकीय क्षेत्र तटबन्ध कार्यक्रम ५७ करोड ५६ लाख, विद्युत सवस्टेसन निर्माण रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा ४७ करोड ५० लाख रकम बिनियोजन भएको हो ।
सत्यवती पहिरो पिडित पुनर्स्थापनाका लागि २० करोड, स्वास्थ्य (तम्घास अस्पताल भवन निर्माण, श्रीङ्गा(रिडी(सत्यवती(कालीगण्डकी (गुल्मीदरबार र चन्द्रकोट) १५ सैयाको अस्पताल (२०करोड तम्घास अस्पताल भवन निर्माण) बजेट बिनियोजन भएको छ रेसुङ्गा एअरपोर्ट निर्माण१४ करोड, संघीय विशेष अनुदान (स्थानीय तह) ६ करोड ७८ लाख, संघीय समपुरक अनुदान (स्थानीय तह)५ करोड ११ लाख नियोजन भएको छ । त्यस्तै मन्त्री ज्ञवालीको पहलमा खानेपानी ६ करोड ६७ लाख, पक्की पुल निर्माण १७ करोड ३६ लाख, शित भण्डार निर्माण रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा १ करोड १६ लाख बजेट परेको हो ।पर्यटन विकास (रेसुङ्गा पर्यटन पूर्वाधार विकास, रुरु पर्यटन पूर्वाधार विकास, सत्यवती पर्यटन पूर्वाधार विकास, गुल्मीदरबार संरक्षण र विकास, तम्घासथान मन्दिर पूर्वाधार विकास, देवीस्थान मन्दिर पर्यटन पूर्वाधार विकास, दुर्गा मन्दिर निर्माण रुरु गा.प. १, रुरु रेसुङ्गा पर्यटन पूर्वाधार विकास समिति, सत्यवती पर्यटन पूर्वाधार विकास, सत्यवती दरवार संरक्षण भार्से) ३ करोड ३५ लाख रकम बिनियोजन भएको छ ।
सुरक्षित नागरिक आवास८८ लाख खैरेनी (घुमाउने पुल)२० करोड, स्थानीय विकास पूर्वाधार कार्यक्रम ६ करोड, खेलमैदान (रेसुङ्गा नगरपालिका र सत्यवती)९० लाख, जनता आवास कार्यक्रम४ करोड १० लाख, जिल्ला प्रहरी कार्यालयको भवन निर्माण२ करोड, कालीगण्डकी करिडोर (सेनाद्धारा गरिएको कामको बजेट निकासा) ६० करोड रकम बिनियोजन भएको छ । कालिगण्डकी करिडोर (आ.व. २०७५/७६) मा सेनाद्वारा गरिएको कामको बजेट निकासा ६५ करोड, आ.व. ०७५/०७६ को स्थानीय पूर्वाधार विकास कार्यक्रम ४ करोड, समपुरक तथा विशेष अनुदान कार्यक्रम आ.व. ०७५ /०७६ मा ८ करोड १७ लाख रकम बिनियोजन भएको छ । नागरिक आवास कार्यक्रम आ.व.०७५/०७६ मा १ करोड ४० लाख खानेपानी योजना रकमान्तर आ.व. ०७५ /०७६ मा ९ करोड ३७ लाख बजेटको व्यवस्था भएको हो ।
रेसुङ्गा पर्यटन विकास आ.व. ०७५ /०७६ मा ४५ लाख रकम बिनियोजन भएको छ । मन्त्री ज्ञवालीको पहलमा प्रदेश सरकारबाट ४५ करोड १७ लाख रकमका बजेट तथा योजनाहरु रहेका छन् मन्त्री ज्ञवालीको पहलमा सघन खानेपानी आयोजना ५ करोड ९९ लाख, खानेपानी आयोजना ३ करोड ९४ लाख, भवन तथा खेल मैदान निर्माण सशर्त अनुदान ८५ लाख, सडक आयोजनाहरु २८ करोड ४९ लाख, पर्यटन सम्वन्धी आयोजनाहरु २ करोड ४० लाख, भाषा तथा संस्कृति सम्वन्धी योजनाहरु (जीवराज आश्रित संग्रहालय)२५ लाख रकम बिनियोजन भएको छ । भवन तथा आवास सम्वन्धी योजनाहरु १ रोड ६० लाख, तटबन्ध सम्वन्धी निर्माण (बडीगाड खोला नियन्त्रण)८० लाख, जिल्ला प्रहरी कार्यालयको गाडी खरिद रकम ६० लाख, भाषा तथा संस्कृति २५ लाख रकम बिनियोजन भएको छ । बिनियोजन भएका योजनाहरुमा कतिपयमा कामहरु भइरहेका छ । त्यस्ते कतिपय योजनाहरुमा काम हुने चरणमा रहेका छन् ।