भुवन रायमाझी
पाल्पा (छहरा) । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा असहाय सेवा केन्द्रको स्थापना गरिएको छ । अनाथ, असहाय, अपा·हरुका लागि हेरचाह गर्ने गरी जिल्लास्तरीय असहाय सेवा केन्द्रको स्थापना गरिएको हो ।
सेवा केन्द्रको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रदेश पाँचका सांसद बसन्त घर्ती मगरले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै सांसद घर्तीले सर्वहारा वर्गको सेवा गर्न कुनै जात, धर्म र राजनीतिले नछेक्ने भन्दै समाजसेवा जस्तो पवित्र र कल्याणकारी काममा सबै लाग्न आग्रह गरे । उनले असाहयहरुका लागि संघीय सरकारसँग समन्वय गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । खोज, भेटाउ र सेवा भन्ने मुख्य उद्देश्य लिएर असहाय सेवा केन्द्रको स्थापना गरिएको केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष इन्द्र बरालले बताए । उनले भने ‘जिल्लामा रहेका अनाथ, असहाय, अपाङ्गहरुलाई राखिने छ ।’ आर्थिक अभावका कारण कुनै पनि व्यक्ति अब सडकमा निस्कनु नपर्ने र दुःख पाएर तड्पिनु नपर्ने अध्यक्ष बरालले बताए । कार्यक्रममा नेकपाका नेता रामबहादुर राउतले संस्था जन्माउनु भन्दा पनि संस्थाले समाजमा कस्तो प्रभाव पार्ने भन्ने विषय महत्वपूर्ण रहनेमा जोड दिए । छहरामा स्थापना भएको असहाय सेवा केन्द्रले गरिव बिपन्न दिन दुःखीहरुको घाउमा मलाम लगाउन महत्वपूर्ण टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा युनाइटेड मिसन अस्पतालका निर्देशक रचेल कारख, पाल्पा उद्योग वाणिज्य संघका सदस्य नित्यान्द पोखरेल, नेपाल मगर संघका दानबहादुर थामी लगायतले संस्थाले निस्वार्थ रुपमा समाजसेवा गरेर सामजिक काममा लाग्न सुझाव दिएका थिए । सेवा केन्द्र स्थापना भएकै दिन अनाथ अनिता मगर,असहाय शान्ता पौडेल, अपा·ता भएकी रमा घर्ती अशक्त बोटे सोमै र अति गरिब शान्ता बम्रेलाई सेवा दिइएको छ । उनीहरुको सम्पूर्ण हेरचाह केन्द्रले गर्ने जनाइएको छ । संस्थाका अध्यक्ष इन्द्र बरालको अध्यक्षता, उपाध्यक्ष ईन्दिरा घर्तीको स्वागत, भुवन बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।