त्रासपछि पाल्पाका पम्पहरुमा भीड :
डिजेल तथा पेट्रोल सञ्चित गर्नका लागि रामपुर ५ बेझाँड स्थित रामपुर इन्टरप्राईजेजमा लागेको उपभोक्ताहरुको भीड । नोवेल कोरोना भाईरसको त्रासका कारण भारतले आफ्ना सबै स्थलमार्ग बन्द गर्ने घोषणा गरेसँगै नाकाबन्दीमा झै इन्धन अभाव खड्किने आशंकामा पाल्पाका सबै पेट्रोल पम्पहरुमा उपभोक्ताको भीड लागेको छ । रामपुर र तानसेनका सबै पम्पहरुमा बिहीबार रातिदेखि नै मोटरसाईकल र ग्यालेन सहित उपभोक्ताहरु लाईन लागेर तेल भर्न उपस्थित भएका थिए । उपभोक्ताहरुले अनावश्यक सञ्चित गर्दा तानसेनका अधिकांश पम्पहरुमा शुक्रबार नै तेल सकिएको छ ।
–तस्वीर : इमान सिं राना/नवजनचेतना दैनिक
प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्