Shittalpati
मिर्गौला पीडितलाई आर्थिक सहयोग

गुल्मी । मिर्गौला पीडितलाई विभिन्न संस्थाले आर्थिक सहयोग गरेका छन् । जिल्लाका चर्चित फुटबल खेलाडी तथा तथा सामाजिक व्यक्तित्व युगल भुजेललाई लेकबेंसी आमा समूह र रेसुा स्वास्थ्य आमा समूहले आर्थिक सहयोग गरेका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका ८ निवासी भुजेलको दुवै मिर्गौला फेल भएर उपचार गराई रहेका छन् । उनको आर्थिक अवस्था निकै दयनिय र कमजोर भएपछि लेकबेंसी आमा समूहले १ लाख ५० हजार ९ सय ७० रुपैयाँ र रेसुङ्गा स्वास्थ्य आमा समूहले ३५ हजार ३ सय ८० रुपैयाँ सहयोग स्वरुप उनका दाजु डिलबहादुर भुजेललाई हस्तान्तरण गरेका हुन् । दुवै मिर्गौला ले काम गर्न छाडेपछि उपचार गराईरहेका ३८ वर्षिय भुजेलकै निवासमा गएर उक्त रकम सहयोग स्वरुप प्रदान गरिएको थियो । लेकबेसी आमा समूहकी उपाध्यक्ष तारा पौडेल तथा रेसुङ्गा स्वास्थ्य आमा समूहकी अध्यक्ष तेजकुमारी क्षेत्रीले आफुहरुले संकलन गरेको आर्थिक रकम भुजेलको परिवारलाई प्रदान गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै लेकबेंसी आमा समूहकी उपाध्यक्ष पौडेलले मिर्गौला पीडित भुजेलको जीवन रक्षाका लागि आफुहरुको तर्फबाट केही भएपनि राहत पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बताइन् । रेसुङ्गा स्वास्थ्य आमा समूहकी अध्यक्ष तेजकुमारी क्षेत्रीले यस्तो समस्या भोली जसमा पनि पर्न सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताइन् । मिर्गौला पीडित भुजेललाई आफुहरुको तर्फबाट केही भएपनि उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएका उनले जानकारी दिइन् । आर्थिक सहयोग हस्तान्तरणमा खोटो संकलन संस्थाका रोशन उप्रेती, युवा समाजसेवी राजु पाण्डे, पत्रकार, विभिन्न समूह, संघसंस्थाका प्रतिनिधिहरु समेत पुगेका थिए । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन लेकबेसी आमा समूहकी सचिव राधा पाण्डेले गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update