पाल्पा । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालालाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको पाल्पा शाखाले एक कार्यक्रमका बीच ग्राहकको बीमा बापतको दावी रकम प्रदान गरेको हो ।
सुपर चम्तकारीक बचत खाता योजना अन्तर्गत खाता खोलेका तानसेन नगरपालिका ११ खर्तुङका प्रकाशबहादुर कार्कीलाई बैंकले स्वास्थ्य उपचार बापतको दुर्घटना बीमा रकम हस्तान्त्रण गरेको छ । खातावाला कार्कीका छोराको दुर्घटनामा लागेको कुल खर्च बापतको बीमा रकम ३३ हजार ८ सय १४ रुपैयाँ रकम खातावाला कार्कीलाई प्रदान गरिएको शाखाका प्रबन्धक हरिकृष्ण शर्माले बताए । भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम महत्वपूर्ण टेवा पुग्ने शाखा प्रबन्धक शर्माले बताए । कार्यक्रममा बीमा बापतको रकम बुझदै खातावाला ग्राहक कार्कीले खाता खालेरै बंैकले थुप्रै सुविधान दिएकोमा खुसी व्यक्त गरे । उनले भने ‘बैंकमा विभिन्न प्रकारका राम्रो सुविधाहरु रहेको जानकारी पाएर नै खाता खोले अघि साच्चिकै बैंकले ठूलो राहत प्रदान ग¥यो ।’ बैंकले दिएको सुविधाले आर्थिक ब्यायभार थेग्न सहयोग मिलेको भन्दै यस्तो खाले योजनाले आफु जस्तै अन्य ग्राहकलाई पनि ठूलो राहात मिलने उनले विश्वास व्यक्त गरे । नेपालमा सबै भन्दा धेरै शाखा भएको एन आइसी एशिया बैंकले ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने खालका योजनाहरु सञ्चालन गर्दै आएको छ । जसले गर्दा बैंकले छोटो समयमै ग्राहकको मन जित्न सफल समेत भएको छ ।