पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकामा वडा कार्यालयको सार्वजनिक सुनुवाइ भएको छ । गाउँपालिका वडा नं ८ ले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
कार्यक्रममा उठेका प्रशनहरुको जवाफ दिर्दै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले वडा तहदेखि गाउँपालिकाबाट भएका योजना तथा कार्यक्रमहरुमा कही कतै समस्या भए विस्तारै समाधान गर्दै जाने बताइन् । उनले स्थानीय सरकारले गरेका कामकारवाहीहरुप्रति जिज्ञासु बन्न जनतालाई आग्रह गरिन । गाउँपालिका निमित्त प्रमुख प्रशाकिय अधिकृत नारायण प्रसाद न्यौपानेले वडा र गाउँपालिकामा भए गरेका सेवाप्रवाह प्रभावकारी रुपमा अगाडि बढेको बताए ।
८ का अध्यक्ष दिलबहादुर ढेगाले वडाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमहरु पारदर्शी र निष्पक्ष रहेको बताए । उनले आर्थिक, सामाजिक, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास लगायत क्षेत्रहरुमा यस बर्ष रकम बिनियोजित गएिकाले उपभोक्ता समिति गठन गरेर कामलाई तीव्रता दिने बताए । ईजिनियर सन्देश कार्कीले सर्वसाधारणले राखेका जिज्ञासाको जवाफ दिदै वडादेखि पालिकासम्मका भौतिक पूर्वाधारको काम तीव्र गतिले अगाडि बढेको बताए ।
कार्यक्रमा कृषिमा आर्थिक बर्ष २०७७/७८ मा एक लाख बराबरको प्लाष्टिक टनेल, व्यवसायिक कृषि खेती गर्ने २२ घर धूरीलाई ७५ प्रतिशत अनुदान वितरण गरेको जानकारी गराइएको थियो । वडा कार्यालयले शिक्षा क्षेत्रतर्फ शैक्षिक सुधार कार्यक्रमको लागि दुई लाख, बालविकास आधारभूत कार्यक्रम, विद्यालयको भवन रंगरोगन तथा झ्याल ढोका मर्मतको लागि एक लाख पचाँस हजार र धारादेवी माध्यामिक विद्यालयको अधुरो शौचालय निर्माण योजनामा एक लाख गरी चार लाख पचाँस हजार विनियोजित गरिएमा सबै योजनाहरु सम्पन्न गरेको जनाएको छ ।
सामाजिक विकास क्षेत्रतर्फ बालबालिकालाई उद्घोषण तालिम सञ्चालनका लागि पचाँस हजार, जेष्ठ नागरिक सम्मान तथा अपाङ्ग राहत वितरण कार्यक्रमा पचाँस हजार र युवा लक्षित कार्यक्रम सञ्चालन गर्न पचाँस हजार र युवा लक्षित कार्यक्रम अन्तर्गत ठूलो चौपारी खेल मैदान ढलान तथा घेराबार निर्माण गर्न दुई लाख र खबौरी गौडा खेलमैदान नाली कटान तथा तथा घेराबार निर्माण योजनाका लागि दुई लाख र युवा लक्षित कार्यक्रम सञ्चालन गर्न एक लाख गरी छ लाख रकम विनियोजन कार्य सम्पन्न भएको हो । स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य चौकी ब्यवस्थापन योजना दुई लाख र पोषण सुधार कार्यक्रमका लागि पचाँस हजार गरी एकलाख पचाँस हजार विनियोजन भएको छ । त्यस्तै खानेपानी क्षेत्रतर्फ खानेपानी मुहान ब्यवस्थापन, टंकी निर्माण तथा पाईप खरिदका लागि चार लाख ढाक्रेघाट खानेपानी मुहान ब्यवस्थापन तथा टंकी मर्मतका लागि एक लाख गरी पाँच लाख रकम विनियोजन भई कार्य समयमै सकिएको वडा कार्यालयले जनाएको छ ।