Shittalpati
सेवाग्राहीका गुनासा सुने जनप्रतिनिधिले


रामचन्द्र रायमाझी
पाल्पा, सार्वजनिक सुनुवाई काक्रममा स्थानीय निकायवाट सञ्चालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्वन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्नका लागि नै सरकार र सार्वजनिक निकायहरुले सार्वजनिक सुनुवाई कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । सार्वजनिक सुनुवाईमा सोवाग्रीले स्थानीय सरकारले गरेका गतिविधिहरुमा चित्त नबुझेमा आफ्ना धारणाहरु सार्वजनिक गर्ने गर्छन् । स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा गुनासो आउनु र प्रश्न उठ्नु स्वाभाविक नै हो । यस्तै जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्वर ४ का सेवाग्राहीहरुले जनप्रतिनिधिहरु समक्षा गुनासै गुनासा राखेका छन् । वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीले पक्ष विपक्षको व्यवहार नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । उनीहरुले वडामा हुने सेवा प्रवाहदेखि विकास निर्माणका काममा जनप्रतिनिधीले सेवाग्रहीलाई राजनितिक व्यवहार गरेको भन्दै पक्ष विपक्षको व्यवहार नगर्न आग्रह गरेका हुन् । उनीहरुले सडक, कृषि, सामाजिक सेवा र कार्यालयका सेवाप्रवाहमा जनप्रतिनिधि र कर्मचारीहरुले विभेद गर्ने गरेको गुनासो गरेका छन् ।

गाउँपालिकाको आयोजना र सामुदायिक रेडियो मुक्तिनाथको संयोजनमा भएको कार्यक्रममा मानबहादुर थामी, इन्द्रा बराल, नारायण केसी, निरबहादुर खत्री, लक्ष्मण पोखरेल, श्रीकृष्ण आत्रेय, ऋषिराम पन्त, नित्यानन्द पोखरेल, दानबहादुर थामी, कासी पौड्याल, सारधा केसी रायमाझी, झलब बहादुर रायमाझी, देवी प्रसाद पौड्याल, महेश बराल, टेकराज शर्मा लगायतका सेवाग्राहीहरुले बजेट वितरण र उपभोक्ता समिति गठनमा पक्ष विपक्षको व्यवहार नगर्न जनप्रतिनिधीलाई आग्रह गरेका हुन् । उनीहरुले वडा कार्यालयले योजनाहरु अगाडि सारे पनि तल्लो तहका उपभोक्ताहरुलाई जानकारी नै नगराई उपभोक्ता समिति गठन गर्नु आपत्ति जनक रहेको बताएका छन् । योजना तथा कार्यक्रमहरु समयमै सक्नुपर्ने, गौरवका योजनाहरुमा विशेष ध्यान दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज बनाइनु पर्ने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई विशेष प्रथमिकतामा राखेर योजनाहरु तर्जुमा गर्नुपर्ने, निति तथा कार्यक्रममा बन, वातावरण र सहकारीका कार्यक्रमहरुलाई पनि समावेश गरिनुपर्ने, सेवा प्रवाहलाई चुस्त बनाउन कार्यक्रममा सहभागी सेवाग्राहीहरुले सुझाव दिएका थिए ।

 


कार्यक्रममा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की,वडा अध्यक्ष विष्णुप्रसाद पोखरेल, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्री र वडा सचिव रविन्द्र रायमाझी लगायतले सहभागीहरुले उठाएका प्रश्न तथा गुनासाहरुको जवाफ दिएका थिए । सहभागीहरुको प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष कार्कीले सेवाग्राहीका सुझावहरुलाई आत्मासाथ गरेर अगाडि बढ्ने बताए । उनले सेवा प्रवाहमा कुनै पनि राजनितिक पूर्वाग्राह राखेर काम नगरेको स्पष्ट पारे । अध्यक्ष कार्कीले भने‘चुनावका बेला जे जस्तो भए पनि चुनावपछि सेवा प्रवाह र विकास निर्माणका काममा सबैलाई समान किसिमले व्यवहार भएको छ, यदि कहि कतै कर्मचारी र जनप्रतिनिधिहरुबाट त्यस्तो व्यवहार भए तत्काल एक्सन लिने छौं, जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो कर्तव्य, दायित्व सम्झेर काम गर्नुपर्छ ।’ वडा अध्यक्ष पोखरेलले सेवाग्राहीबाट गुनासाहरु आउनु स्वाभाविक भएकाले काम गर्ने क्रममा विधि, प्रक्रिया र सिष्टमबाट जानुपर्दा केही ढिलासुस्ती भएको हुन सक्ने र आफु जनताबाट निर्वाचित भएकाले कसैलाई काखा कसैलाई पाखा गर्ने गरी कुनै पनि काम नभएको बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खत्रीले कृषि र रोजगार संयोजकमा कर्मचारी नभएको र अन्य विषयगत शाखाहरुमा कर्मचारी भएकाले कर्मचारी नुहँदा सेवाप्रवाहमा ढिला भएको भन्ने विषय उचित नरहेको बताए । उनले कही कतै सेवा प्रवाहमा ढिलासुस्ती भए तत्काल समधान गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा सचिव रायमाझीले आफुहरु सेवाग्राहीको कामममा दिनरात लागिपरेको बताए । सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीको स्वागत, रेडियोका संस्थापक तथा प्रेस युनियनका केन्द्रिय सदस्य माधव अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update