Shittalpati
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव

पाल्पा, जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् । उनीहरुले अक्सिजन अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै जिल्लाका अस्पताल र स्थानीय सरकारहरुलाई आवश्यक सहयोग गर्दै आएका छन् ।

सेवा भावनाले स्थापित यहाँका लायन्स क्लव तथा केही व्यक्तिहरुले बुधबार पाल्पा अस्पताल तथा विभिन्न स्थानीय तहका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् । लायन्स क्लव अफ श्रीनगरका अध्यक्ष यादव सिंह कार्कीले ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनालाई आत्मासाथ गर्दै पाल्पा अस्पताललाई २ सय ८२ वटा सिलिण्डर वितरण गरिएको बताए । ति मध्ये ५१ वटा रिफिल गरिएका अक्सिजन सिलिण्डर रहेको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ विटु नेपालका डिष्ट्रिक्ट डिपार्टमेंट चिफ खेम सारुले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । वितरण गरिएका सिलिण्डर अस्पतालमार्फत आवश्यकताका आधारमा अन्य स्थानीय तहलाई दिइने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update