रमेश विश्वकर्मा
गुल्मी । अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी तम्घास शाखाले दाबी रकम भुक्तानीको चेक हस्तान्तरण गरेको छ । तम्घास शाखाले एक कार्यक्रमको आयोजना गरि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ७ का दुर्गा कुमारी श्रेष्ठ र उनका श्रीमानलाई जिल्लाको सदरमुकाम तम्घास मै उक्त दाबी रकमको चेक बीस दिन मै हस्तान्तरण गरेको शाखा प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए ।
दुर्गा कुमारी श्रेष्ठको नाममा रहेको लु.१च.४५१४ नम्बरको महिन्द्रा कम्पनीको पिकअप गाडीको अजोड इन्स्योरेन्स लिमिटेडमा बिमा भएको अहिले नौ महिना बितेको शाखा प्रमुख न्यौपाने जानकारी दिए ।
उनका अनुसार उक्त गाडी दुर्घटना भएको हुनाले कागजी प्रक्रिया मिलाएको बीस दिन मै चेक मार्फत दाबी रकम भुक्तानी गरिएको छ । शाखाका प्रमुख न्यौपानेले ९९ हजार ७ सय रुपैयाँको चेक दुर्गा कुमारी श्रेष्ठ र उनका श्रीमान लालबहादुर श्रेष्ठलाई हस्तान्तण गरेका हुन् ।
श्रेष्ठले १३ हजार ४ सय ६९ रुपैयाँ ६० पैसामा गाडीको बिमा गरेकोे जानकारी दिंदै शाखा प्रमुख न्यौपानेले भने,‘कागजी प्रक्रिया जति चाँडो हुन्छ, त्यती नै छिटो दाबी भुक्तानी पनि पाइन्छ ।’
बिमा गरेर यति छिटो आफु अप्ठ्यारोमा पर्दा रकम आउँछ भन्ने मैले साचेको थिएन् । यसरी गाडीको क्षतिपूर्ती अनुसारको रकम पाएकोमा मलाई अत्यन्तै खुसी लागेको छ श्रेष्ठले बताए ।
उनले बिमा गरेर यति छिटैे रकम आएको र क्षतिपूर्ति अनुसारको रकम पाएकोमा आफू खुशि भएको भन्दै अजोड इन्स्योरेन्स लिमिटेडमा बिमा गर्दा बिमा प्रति अत्यधिक बिश्वास बढेको बताए । उनले बिमा गरि आफु र सम्पतिको सुरक्षा हुने हुँदा बिमा गर्नु आवश्यक समेत उल्लेख गरे ।