Shittalpati
रेडक्रस शोसाइटी गुल्मीको सभापतिमा श्रेष्ठ

गुल्मी । नेपाल रेडक्रस शोसाइटी गुल्मीको सभापतिमा राजेन्द्रप्रसाद श्रेष्ठ सर्वसहमत रुपमा चयन भएका छन् । शुक्रबार र शनिबार २ दिनसम्म तम्घासमा चलेको संस्थाको ३७ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई सर्वसहमत रुपमा सभापतिमा चयन गरेको हो । अधिवेशनले उपसभापतिमा कृष्णप्रसाद भण्डारी र राधा पन्थी, कोषाध्यक्ष ज्ञानहरी सापकोटा, मन्त्री लालबहादुर कुँवर, उप–मन्त्री महेन्द्रप्रसाद भण्डारी, उप–कोषाधक्ष विष्णुप्रसाद भण्डारीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा गंगा शर्मा, शिलाकुमारी श्रेष्ठ, सरस्वती भण्डारी, अनन्तराम पौडेल, ईस्वरीप्रसाद पौडेल, टंकप्रसाद पौडेल, ढालबहादुर राउत क्षेत्री, पिताम्बर अर्याल, प्रेमनारायण पराजुली, शेरबहादुर कुँवर चयन भएका छन् । अधिवेशनले पदेन सदस्यमा शशी पन्थीलाई चयन गरेको छ । समितिमा ३ जना पदेन सदस्यसहित २० जनाको जिल्ला कार्य समिति रहने छ ।

नेपाल रेडक्रस शोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेश र स्थानीय तहका नेपाल रेडक्रस शोसाइटीसँग आवद्ध सदस्यहरको सहभागिता रहेको थियो । अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमित चयन गरेको हो । जिल्लामा अहिलेसम्म संस्थाका २३ वटा उपशाखा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update