कृष्ण पोखरेल
पाल्पा, फागुन १ । स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्यायमन्त्री भानुभक्त ढकालले सरकारले पार्टीको घोषणपत्रमा आधारित रहेर काम गर्दै आएको बताएका छन । प्रथम पाल्पा व्यापार महोत्सवको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री ढकालले अवको ६ महिना भित्र जनताले राहत महशुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार भएको देख्न पाउने बताए । जेष्ठ नागरिकको स्वास्थ्य उपचार, सरकारी अस्पतालको सुधार, सबै सरकारी अस्पतालमा चिकित्सकहरुको सुविधा, आवश्यक स्वास्थ्य उपकरण तथा औजारहरुको व्यबस्थाको लागी मन्त्रालयबाट काम भईरहेको मन्त्री ढकालले बताए ।
सरकारले २ बर्षको अवधीमा उपलब्धीमुलक काम गरेको, समयअनुकल ऐन नियम तथा कानुनहरुको निर्माण भईरहेको लिक बाहिर रहेको देशलाई एउटा लिकमा हिडाउने काम शुरु भएको कानुनमन्त्री ढकालले बताए । नेपाल अहिले सम्म कोरोना भाइरस मुक्त देश रहेको बताउदै स्वास्थ्यमन्त्री ढकालले चिनमा रहेका एक जना नेपालीहरुमा पनि क्रोरोना भाइरस नदेखिएको दावी गरे । नेपालमा हालसम्म शंका लागी १८ जना विरामीहरु लाई कोरोना भाइरस परिक्षण गरिएपनि कसैमा पनि कोरोनाको सक्रमण नदेखिएको मन्त्री ढकालले बताए ।
महोत्सव उद्घाटन कार्यक्रममा संघिय सांसद सोम प्रसाद पाण्डेले पाल्पा व्यापार महोत्सवले यस क्षेत्रको कृषि उत्पादन तथा बजारीकरण लाई सहयोग पुग्ने बताए । माडी क्षेत्र कृषि पशुपालन तथा पर्यटकीय क्षेत्रको प्रचुर संभावना रहेको महोत्सव थप टेवा पुर्याएको सांसद पाण्डेले बताए । महोत्समा नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरे, प्रदेश सांसद नारायण आर्चाय, डा.पुरनमान बज्राचार्य, रमा घर्ति, तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, नेकपाका सचिवालय सदस्य कमल पाण्डे, नेपाली काग्रेसका सचिव अजयमान कर्माचार्य, राप्रपा संयुक्तका केन्द्रिय सदस्य डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेक अध्यक्ष धनराज पौडले पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले मेला महोत्सवको कारणा पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने बताए ।
महोत्सवमा कृषि उत्पादन, कृषि औजार तथा कृषि यन्त्रको पर्दशनी, पाल्पाली ढाका करुवा तथा बासका सरसमानको प्रदर्शनी, छालाजन्य सामाग्रीहरुको प्रदर्शनी, बैक तथा वित्तिय संस्था, सूचना प्रविधी, गारमेन्ट, विधुतीय सर समानाको प्रदर्शनी, अटोमोवाईल्स, नयाँ नयाँ सूचना प्रविधीको जानकारी, दैनिक उपभोग्यबस्तुको स्टल रहेका छन ।
महोत्सवमा राष्ट्रिय कलाकार, हास्य व्यङ्गकारको प्रस्तुती संगै, गाउँपालिका स्तरीय पञ्चेवाजा प्रतियोगिता, सास्कृतिक प्रतियोगिता, विभिन्न जातजाती विचको संस्कृती प्रतियोगिता, विधालयस्तरीय पर्यटन तथा सास्कृतिक प्रतियोगिता, वाल उधानको व्यबस्था, लोकदोहोरी प्रतियोगिता, अन्तरपालिका तथा अन्तरजिल्ला स्तरीय पर्यटन प्रवद्र्धन सम्वन्धी गोष्ठी, कृषि उत्पादन विक्रि वितरण सम्वन्धी गोष्ठी गरिने सास्कृतिक उप समितीका संयोजक थानेश्वर गैरेले बताए ।
महोत्सवमा गाउँपालिकाको लागी कृषि प्रदर्शनी तथा पर्यटन प्रवद्र्धनको लागी स्टलको व्यबस्था गरिएको र प्रत्येक दिन एक एक वटा स्थानीय तहका प्रमुखहरु लाई गाउँपालिकाको कृषि पर्यटनको बारेमा जानकारी दिने अवशर प्रदान गरिने संघका सचिव फर्सुराम पौडेलले बताए । महोत्सव लाई भव्य रुपमा सफल बनाउन स्थानीय अटोटेम्पो, पश्चिमाञ्चल बस र श्रीनगर यातायात समिती संग सहकार्य भएको संघले जनाएको छ ।
पाल्पाको मदनपोखरामा फागुन ११ सम्म चल्ने महोत्सवमा कृषिजन्य बस्तुको प्रर्दशन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको प्रर्दशनी सहितका २ सय ७५ स्टल रहेका छन् । पाल्पाको समृद्धिको आधार, कृषि, पर्यटन र व्यापार भन्ने नारा राखिएको महोत्सवबाट ५ करोडको कारोबार हुने र १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताए । संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव फर्सुराम पौडेलले गरेका थिए ।