Shittalpati
एनसेलले माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गर्ने

काठमाडौं (एजेन्सी) । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गर्ने भएको छ । एनसेलले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गर्न लागेको हो ।

एनसेलले एक विभिन्न बंैक, व्यवसायिक घराना, एनजिओ, आईएनजिओका २ सय ५० भन्दा बढी प्रतिनिधि तथा अधिकारीहरुका माझ सीएसपीका लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको छ । एनसेलले माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ । अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारी रुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।

त्यस्तै कार्यालयभित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ । एनसेल र माइक्रोसफ्टले विकासका लागि तिब्र रुपमा सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चो·ले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update