
गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले स्थानीय सरकारले जनताको भावना बुझेर काम गर्नुपर्ने बताएका छन् । प्रथम गुल्मी मुसिकोट महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले गाउँमा रहेका विभिन्न जातजाति धर्म र समुदायलाई सम्बोधन गर्न स्थानीय सरकारको रुपमा गाउँ–गाउँमा सिहं दरबार स्थापना भएको भन्दै सरकारले जनताका भावना बुझेर काम गर्नुपर्ने बताएका हुन् । उनले भने ‘बहुमतको नाममा शासन सत्तामात्रै हडप्ने परिपाटी बढेको भन्दै वास्तविक जनताका पीडा अझै सम्बोधन हुन नसकेकाले जनताको भावनालाई प्रथामिकतामा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ ।’
सुशील कोईरालाको स्मृति दिवसलाई स्मरण गर्दै नेता भण्डारीले संविधान निर्माणको चरणमा विगतमा भएको जनयुद्व, हिसांमा गएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याई जनताको अधिकार सम्पन्न गराउन लागि उनले गरेका त्याग र तपस्याकै कारण यो अवस्थासम्म देश आएको र सुशील कोईराला जस्तो तपस्वी नेताको अभाव अहिले खड्किएको बताए । उनले फरक प्रसंगमा नेपाल जस्तो सुन्दर देशमा पर्यटन प्रर्वद्धन गर्नका लागि थुप्रै सम्भाव्यता रहेको धारणा व्यक्त गरे ।
मध्य पहाडी लोकमार्ग वामीलाई छोएर नजानुको जिम्मेवार हामी सबै हुनुपर्ने भन्दै भण्डारीले मुसिकोट नगरपालिकाले जिल्लामै उत्कृष्ट नेतृत्व पाएको बताए । रिडी र रुद्रवेणी वामीटक्सार सडक खण्ड बजेटकोे अभावले भन्दा पनि ठेकेदारले काम नगरिदिँदा आजसम्म भने जस्तो स्तरोन्नति हुन नसकेकोमा उनले दुख व्यक्त गरे । कृषि, पर्यटन र उद्योगको विकास बिना आर्थिक संमृद्धि नहँुने बताउँदै भण्डारीले मुसिकोट महोत्सवले स्थानीय परम्परा कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।