काठमाडौं (एजेन्सी) । एनसेलको ‘अझै नजिकिन्छ सम्बन्ध’ नामक योजना सार्वजनिक भएको छ । एनसेलले आफ्ना सबै प्रिपेड ग्राहकहरुका लागि भ्यालेन्टाइनको अवसर पारेर ‘अझै नजिकिन्छ सम्बन्ध’ नामक योजना शुक्रबारदेखि सार्वजनिक गरेको हो ।
एनसेलका ग्राहकहरुले भ्यालेन्टाइनका सिजनमा आफ्ना प्रिय जनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा ‘भ्यालेन्टाइन अफर’ ल्याएको कम्पनीले जनाएको छ । यो अफरमा ग्राहकले मात्र १०० (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजालिन सक्ने छन् ।
यो भ्यालेन्टाइन अफर माघ २४ गतेदेखि ३ महिना सम्म सञ्चालनमा रहनेछ । भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याइएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्ने छन् । अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहने छ । ग्राहकले एस्टिक्«स १७११८ एस्ट्रिक्स २ एस्ट्रिक्स ३ Þयास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् । यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने एनसेलले विश्वास लिएको छ ।