Shittalpati
माथागढी गाउँ सरकारद्वारा ‘बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ निबन्ध प्रतियोगिता

पाल्पा । बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर’ शिर्षकमा खुल्ला निबन्ध प्रतियोगिता हुने भएको छ । जिल्लाको माथागढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरस कोभिड–१९ को कारण बालबालिकाहरु उपस्थित नभई आफुले लेखेको निवन्धलाई इन्टरनेटको प्रयोगबाट गाउँपालिकामा प्राप्त हुने गरी पठाउन सक्ने गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । प्रतियोगितामा गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत इच्छुक बालबालिकाहरुले सहभागिता जनाउन पाउने छन् । विद्यार्थीहरुले दिएको शिर्षकमा २५०–३५० शब्दहरू लेख्नुपर्ने हुन्छ । विद्यार्थीहरूले लिखित निबन्ध भदौ २८ गतेसम्ममा गाँउपालिकाको इमेल ठेगाना [email protected] मा वा फोटो खिचि गाँउपालिकाको फेसबुक म्यासेन्जरमा मा समेत पठाउन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितिय हुनेले ३ हजार , तृतिय हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार नगद र प्रमाण प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update