Shittalpati
गुल्मी दरबार गाउँपालिकामा वाईफाई जडान

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको एक स्थानीय तहले सूचनामा नागरिकको सहज पहुँचको लागि फ्री वाइफाई जडान गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले सेवाग्राहीको मागलाई ध्यानमा राखेर सूचनामा नागरिकको सहज पहुँच पुगोस् भन्ने उदेश्यले फ्री(वाईफाई जडान गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । उनका अनुसार गाउँ कार्यापालिकाको कार्यालय परिसरमा (करिव १०० मिटर चारै दिशातर्फ) तिव्र गतीको फ्री( वाईफाई जडान गरिएको छ । उक्त वाईफाई ईन्टरनेट २४ घण्टामा एक पटक मात्र १ घण्टा ३० मिनेट प्रयोग गर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए । उनले उक्त अवधि पश्चात इन्टरनेट स्वतः अवरुद्ध हुने बताए । वाईफाई प्रयोग गर्नको लागी प्रयोगकर्तालाई कुनै आईडी र पासवोर्डको जरुरी पर्ने छैन ।

सेवाग्राहीले आवश्यकता अनुसार यसको उचित प्रयोग गरी लाभ लिने गाउँपालिकाले विश्वास लिएको छ । ईन्टरनेटको दुरुपयोग भएको वा नभएको भन्ने अभिलेख ट्र्याकिङ सिस्टम मार्फत कार्यालयले तुरुन्तै हेर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए । ईन्टरनेटको दुरुपयोग गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने छ । दोस्रो चरणमा भवाने पार्क र चारपाला दरबारमा पनि ईन्टरनेट सुविधा रहने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न गाउँपालिकाले विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update