Shittalpati
बीपी जयन्तीको अवसरमा तानसेनमा पुस्तकालय स्थापना

पाल्पा । बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ । १०७ औं बीपी जयन्तीको अवसरमा पाल्पा काँग्रेसले तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उद्घाटन गरेका हुन् । पुस्तकालयको उद्घाटन गर्दै पन्तले अध्ययनले नेतृत्वलाई परिमार्जित गरेको उदाहरण बीपी कोइरला भएकाले अध्ययन गर्न जरुरी रहेको र पुस्तकालयले आम पाठकहरुवर्गहरुलाई वैचारिक वहस गर्न सक्ने क्षमताको विकास गर्न महत्वपूर्ण टेवा पुग्ने बताए । उनले बीपी अध्ययन गर्ने बानीकै कारण पार्टीको शाख अहिलेसम्म जिवन्त रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति ठाकुर चन्द्र वि.प्रले वैचारिक ज्ञान आर्जनका लागि पुस्तकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले बीपी अध्ययशिल भएकै कारण उनलाई बहुआयमिक व्यक्तित्वका रुपमा लिइने गरिएको बताउदै प्रजातन्त्र र राष्ट्रियताको जर्गेना गर्ने सवालमा बीपीले कोही कसैसँग सम्झौता नगरेको बताए ।

पार्टी जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले पुस्तकको अध्ययन गरी कार्यकर्तालाई बौद्धिक र क्षमतावान बनाउने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको बताए । उनले विपीलाई वर्षमा दुईदिन मात्र होइन सधै सम्झने वातावरण कार्यकर्ताले बनाउनुपर्नेमा जोड दिए । सभापति रानाले बीपी सधैव विधिको शासन सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका पक्षधर रहेकाले आज पनि उनको विचार सान्र्दभिक रहेको बताए ।

उनले भने‘ बीपीलाई स्मरण गर्दा कार्यकर्ता बिच भएका कमीकमजोरीलाई समिक्षा गर्न जरुरी छ ।’ कार्यक्रममा पाटीं सचिव अजयमान कर्मचार्यले मानिसको क्षमता विकासका लागि बैचारिकता आवश्यक पर्ने भएकाले पुस्तकालयले त्यस्तो बैचारिक वहसका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा पुस्तक सहयोग गर्ने दाता तथा पार्टीका कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । पार्टी सभापति वीरबहादुर रानाको अध्यक्षता, उपसभापति देवराज ढकालको स्वागत, सचिव झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update