Shittalpati
चन्दका जिल्ला सदस्य पक्राउ

गुल्मी, नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् । आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताए ।

विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासतमा राखिएको छ । पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतड्ढ बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधि माथि निगरानी बढाइरहेको जनाएको छ । –रासस

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update