Shittalpati
पाल्पाको अर्चलेमा अत्यधिक वर्षा

पाल्पा, गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर परेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः१५ बजे एक अलर्ट जारी गर्दै यस्तो जानकारी दिएको हो ।

अहिले पनि देशका अधिकांश भूभागमा वर्षाको क्रम निरन्तर जारी रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थामा मौसम विभागले पछिल्लो २४ घण्टामा देशका अन्य विभिन्न स्थानमा भएको वर्षाको विस्तृत विवरणसमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update