पाल्पा, रसुवा जिल्लामा आएको बाढी तथा विपद्का कारण पाल्पाका विभिन्न स्थानका ११ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यन्त जरुरी सूचना जारी गर्दै पाल्पामा स्थायी ठेगाना भई रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा व्यापार, रोजगारी, पर्यटन तथा अन्य कामका सिलसिलामा पुगेका व्यक्तिहरूमध्ये केही हालसम्म आफन्तको सम्पर्कमा नआएको जनाएको हो । कार्यालयका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित स्थानीय तह तथा अन्य निकायसँग समन्वय भइरहेको छ । प्रशासनले सम्पर्कमा नआएका व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पा, सशस्त्र प्रहरी बल नेपाल तथा सम्बन्धित स्थानीय तहमा जानकारी गराउन आग्रह गरेको छ ।
सम्पर्कविहीन भएकाहरुमा रैनादेवी छहरा गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आन बहादुर कुमाल, रिब्दीकोट गाउँपालिका–३ का टिपर चालक विकास नेपाल, रिब्दीकोछ –५ का कृष्णबहादुर बस्याल, तिनाउ गाउँपालिका– २ का रमेश थापा, तानसेन –७ की निलम कार्की, तानसेन–३ का तिलक राना, तानसेन –१० का प्र.ह.स. दिपेन्द्र विष्ट, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोम बहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर –७ कै अमृत सुति रहेका छन् ।
((


