Shittalpati
पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध, सडक खुलाउने काम पहिरो रोकिएपछि मात्र सुरु हुने

पाल्पा,  पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान करिब ७ः३५ बजेको समयमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको हो ।

तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने प्वाइन्टभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको छ । पहिरो खसेसँगै सडकमा ढुंगा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि सडक माथिबाट निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरो रोकिएपछि मात्र सडकमा थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाई यातायात सञ्चालनमा ल्याउने कार्य सुरु गरिने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update