आज १२ अगस्त अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभरकाराष्ट्रहरुले उत्सवका रुपमा मनाउने गर्दछन् । सन् १९९९ देखि संयुक्तराष्ट्रसंघको आह्वानमा युवाका मुद्दाहरुलाई स्थापित गर्नर युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउन यो दिवस घोषणा गरिएको हो । यो दिवसले अन्तर्राष्ट्रिय जगत्लाई सकारात्मक दिशातर्फ लैजान उन्मुख गराउनुका साथै युवा सहभागितालाई थप सक्रिय गर्दै नवप्रवर्तनात्मक उपाय खोजी गर्न पनि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
युवाहरुराष्ट्रका भविष्य हुन् । हरेक परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिकारहेको हुन्छ । तर, विगतमा युवार उनीहरुका सरोकारका विषयलाईराज्यका नीति, कानुन एवम् कार्यक्रमले सहीरुपमा सम्बोधन गर्न नसकेका कारण युवाहरु अवसरको खोजीमा विदेश जानेर उतै पलायन हुने समस्या छ । यसबाट विज्ञर विशेषज्ञको सेवा तथा ऊर्जाबाट मुलुक वञ्चित हुन पुगेको छ । जनशक्तिको मागर शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्दा पनि धेरै युवाहरु बेरोजगार हुनु परेको छ ।र, त्यसको समाधान खोज्न युवाहरु बिदेसिएका छन् ।राष्ट्रनिर्माणमा सबै उमेरर अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्णर क्रियाशीलरुपमा हेरिन्छ । त्यसैले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमीर जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसरराज्यले सिर्जना गर्न सक्नुपर्छ ।रोजगार बजारमा उपलब्ध दक्षर योग्य युवालाई देशभित्र अवसर सिर्जना गर्न नसक्नुराज्यको कमजोरी हो । दिवस युवाको भूमिका, सम्भावना, चुनौतीर अधिकारबारे बहस गर्ने महत्वपूर्ण अवसर हो । युवा कुनै पनिराष्ट्रका वर्तमान मात्र होइनन्, भविष्यका मुख्य आधार पनि हुन् ।
समाजमा परिवर्तन ल्याउने ऊर्जा, नयाँ सोचर सिर्जनशीलता युवामै निहित हुन्छ । त्यसैले युवालाई केवल भविष्यका कर्णधारका रूपमा हेरेर पुग्दैन, वर्तमानका निर्णायक साझेदारका रूपमा स्थापित गर्न आवश्यक छ । देशको आर्थिक, सामाजिक,राजनीतिकर प्राविधिक रूपान्तरणमा युवाको योगदान निर्णायक हुन सक्छ । सूचना प्रविधि, उद्यमशीलता, कृषि, पर्यटन, शिक्षा, विज्ञान तथा नवप्रवर्तनलगायतका क्षेत्रमा युवाले नयाँ सम्भावनाको ढोका खोलिरहेका छन् । तर सम्भावनासँगै चुनौती पनि उत्तिकै गम्भीर छन् । देशभित्र पर्याप्तरोजगारीको अभाव, सीपअनुसारको अवसर नहुनु, गुणस्तरीय शिक्षामा असमान पहुँच, बढ्दो वैदेशिक पलायनरराजनीतिक तथा सामाजिक क्षेत्रमा युवाको सार्थक सहभागिताको कमी आजका प्रमुख चुनौती हुन् । रोजगारीर अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशिनुपर्ने अवस्था केवल व्यक्तिगत बाध्यता होइन,राष्ट्रको विकाससँग जोडिएको गम्भीर प्रश्न हो । युवाको श्रम, सीपर सिर्जनशीलता देशभित्रै उपयोग गर्न सक्ने वातावरण बनाउनराज्य गम्भीर हुनैपर्छ । यसो भयो भने मात्र हरेक वर्ष मनाइने दिवसले सार्थकता प्राप्त गर्दछ ।

