Shittalpati
अवैध लागूऔषध सहित २४ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, झापा, कैलाली, बर्दिया, सुर्खेत, मोरङ, काठमाडौंबाट अवैध लागूऔषसहित २४ जना पक्राउ परेका हुन् ।
    
दाङको गढवा गाउँपालिका–१ जुरौनीबाट अवैध लागूऔषधसहित पूर्व रूकुम भूमे गाउँपालिका–२ बस्ने २६ वर्षीय हिक्मत पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै डडेलधुरा, अमरगढी नगरपालिका–१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने २६ वर्षीय दिपक खुना, कैलाली चुरे गाउँपालिका–४ बस्ने २५ वर्षीय निराजन साह र २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००१ क १६९० नम्बरको टलर गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपक तथा गाडीमा सवार निराजन र लक्ष्मणलाई पक्राउ गरेको हो । यस्तै काठमाडौं महानगरपालिका–१२ टेकुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम र नगद १९ हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने काभ्रे घर भएका ६८ वर्षीय उद्वव आचार्य र काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने ४० वर्षीय कृष्ण खड्गी रहेका छन् ।

यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका–१५ तिनथाना गैरीगाउँबाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका २३ वर्षीय प्रवेश गुरूङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै मोरङको विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलबाट अवैध लागूऔषध ब्राउनसुगर सहित सोही महानगरपालिका–५ बस्ने २४ वर्षीय सुशान्त खड्कालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ हरूचोकबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ बस्ने २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय हिमाल थापालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै बर्दिया, बाँसगढी नगरपालिका–१ चेपाङ बजारस्थित पूर्वेली स्टाफ होटलबाट अवैध लागूऔषध सहित कालिकोट खाँडाचक्र नगरपालिका–११ मानमा बजार बस्ने २४ वर्षीय लक्ष्मण शाहीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.१ प ५१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–१ डाँफेबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने ४८ वर्षीय माधव क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर चोकबाट अवैध लागूऔषध सहित मधुबन नगरपालिका–९ बस्ने २४ वर्षीय आशिक परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update