Shittalpati
गुल्मीमा जनप्रतिनिधी कुट्ने युवक पक्राउ 

गुल्मी (तम्घास), सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय परिसरमा जनप्रतिमाथि भौतिक आक्रमण गर्ने ईस्मा गाउँपालिका– १ का ४५ बर्षका विष्णु कुंवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपिका अनुसार सोमबार नागरिकता सम्बन्धी विवाद हुँदा  प्रशासन कार्यालय परिसरमै रेसुङ्गा नगरपालिका वडा – १० का वडा सदस्य कृष्ण कुमार वस्नेत माथि भौतिक आक्रमण गरे पछि कुंवर त्यहाँबाट भागेका थिए । उनलाई प्रहरीले अर्घाखाँची र गुल्मीको सीमानाबाट पक्राउ गरेको हो । 

आफुलाई विनासित्तै हेल्मेटले आक्रमण गरेर घाईते बनाएको अभियोगमा वडा सदस्य बस्नेतले सोमबार साँझ लिखित जाहेरी दिए पछि उनको खोजी कार्य गरी आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीम किरण बोगटीले शित्तलपाटी डटकमलाई जानकारी दिए । उनका अनुसार कुंवरलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ । 

सुरक्षा दिने निकाय भित्रै असुरक्षित भएको भन्दै जिल्ला प्रशासन र प्रहरीको सर्वत्र आलोचना भएको थियो । जनप्रतिनिधि जस्तो व्यक्ति सुरक्षा निकायकै अगाडि कुटिदा स्थानीय प्रशासन मौन बसेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको थियो । त्यसपछि मात्रै प्रहरीले कुंवरको खोजी कार्य आगाडि बढाएको स्थानीयको आरोप छ । 
    

    

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update