Shittalpati
विभिन्न स्थानबाट २५ जना जुवाडे पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, तनहुँ, नवलपरासी पूर्व लगायत देशका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टागिकोटस्थित एचओपिइमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ४२ वर्षीय अमन अधिकारीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ९ सय ५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–३ तल्लो बजारमा पनि जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरी पक्राउ गरेको छ ।  सोही ठाउँका ४० वर्षीय नवराज कोईरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस्तै म्याग्दीको बेनी नगरपालिका–१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ८ सय १० रूपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी  आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update