Shittalpati
गुल्मीमा बाबुले  गरे आफ्नै शिशुको हत्या

गुल्मी,  गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका–३ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नो तीन महिने शिशु सुवास कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबुलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।

उनले शिशुलाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले शिशुको हत्या गरेको खुलेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । मादक पदार्थको नशामा रहेका उनले कुन कारणले नाबालकमाथि यस्तो कृत्य गरे भन्नेबारे खुल्न सकेको छैन ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी श्रीमान् र श्रीमतीबिच विवाद हुँदा बाबुले शिशुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update