सुनको भाउ तोलामा २ लाख ८२ हजार पुग्यो
पाल्पा, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड सोमबार तोडिएको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्


