Shittalpati
ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा सल्यानका ९ जनाको मृत्यु

पाल्पा, भारतको हिमाचल प्रदेशको सोलानस्थित अर्कीमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा  ९ जनाको ज्यान गएको छ । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२  वर्षीया कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक,  ४७  वर्षीय काशिराम विक, ३२ वर्षीय टीका विक, १२  वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन् ।

दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update