पाल्पा, बेवारिसे अवस्थामा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–८ सुनाह जंगलमाबाट भरुवा बन्दुक बरामद गरेको छ । जंगलमा अवैध हतियार लिई सिकार खेल्न आएको भन्ने प्रहरीलाई प्राप्त सूचनाको आधारमा खानतलासी गर्दा सुनाहा जंगलमा बेवारिसे अवस्थामा अवैध हतियार (भरुवा बन्दुक) फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी चौकी बल्डेङ्गढीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगई खानतलासी गर्ने क्रममा बेवारिसे अवस्थामा अवैध दुई थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । उक्त विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए ।
प्रहरीले गत महिना अवैध भरुवा बन्दुक बरामद गरेको थियो । घरमा लुकाई राखेको अवस्थामा प्रहरीले तानसेन नगरपालिका–१३, बौघागुम्हाबाट भरुवा बन्दुक बरामद गरेको थियो ।


-1762576335.jpg)