Shittalpati
पाल्पाबाट नेकपाका १० उम्मेदवारको नाम सिफारिस

पाल्पा, पाल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका १० जना उम्मेदवार सिफारिस भएका छन् ।  जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको  निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

उसले प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ४  जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ पार्वती बिक (दलित महिला) ,बिष्णु माया थापा (जनजाति महिला) ,शान्ता न्यौपाने (खसआर्य महिला), पदम प्रसाद अर्याल (खसआर्य पुरुष), महमद रफि (मुस्लिम पुरुष ) र खुमबहादुर कुमाल (जनजाति पुरुष)लाई सिफारिस  गरिएको नेकपाका नेता मथुरा ढकालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि रामकृष्ण कार्की (खुला), दल बहादुर राना (खुला),दुर्गा कुमारी भण्डारी (महिला),  शान्ता सारु (महिला) सिफारिस भएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update