Shittalpati
लायन्सको दोस्रो क्याबिनेट बैठकको आय–व्यय सार्वजनिक

पाल्पा, कार्तिक २१ र २२ गते पाल्पाको तानसेनमा सम्पन्न  लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी एरिया २ को दोस्रो क्याबिनेट बैठकको आय–व्यय सार्वजनिक गरिएको छ।  शनिबार  तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि आयब्यय सार्वजनिक  गरिएको हो ।

कार्यक्रममा एरिया चिफ गंगाबहादुर खत्रीले  १४ लाख ५४ हजार १ सय २३ बराबरको  खर्च भएको बताए ।सोही अवसरमा लायन्स क्लब अफ पाल्पा तानसेनका सदस्य टंकनाथ घिमिरेका ८ वर्षीय छोरा निश्चल घिमिरेको बेन ट्युमर उपचारार्थ लायन्स एरिया २ को पहलमा संकलित ४२  हजार ४ सय ८७ आर्थिक  सहयो रकम समेत हस्तान्तरण गरिएको छ । घिमिरे परिवारलाई  सहयोग रकम  हस्तान्तरण  गर्दै एरिया चिफ खत्रीले सामाजिक तथा मानवीय सेवामा लायन्स क्लब सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सम्पन्न क्याबिनेट बैठकको समिक्षासँगै सहभागीहरूबाट सुझावसमेत संकलन गरिएको थियो। ग्याट टिम लिडर सुशील प्रधान, डिष्ट्रिक्ट को–चिफ एड्भाइजर  बुद्धि प्रसाद शर्मा, राजेन्द्र लिगल, त्रिलोचन पौड्याल, सिनियर डिष्ट्रिक्ट एड्भाइजर भिमबहादुर श्रेष्ठ तथा एड्भाइजर गंगाराम नेपाललगायतले कार्यक्रमको समिक्षा गर्दै उपयोगी सल्लाह तथा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमले लायन्स क्लबको पारदर्शिता, उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।







प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update